डोटीको छतिवनमा भएको माइक्रो दुर्घटनामा १० यात्रुको मृत्यू

– मोहन शाही

 

डोटी – डोटीको छतिवन गाबिस ९ रुबसकाडामा मंगलबार बिहान भएको माइक्रो दुर्घटनामा  १० यात्रुको मृत्यू भएको छ । अन्य ७ जना घाइते छन् । दुर्घटनामा मृत्यू हुनेमा ८ पुरुष र २ महिला छन् ।

डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख ५०२ नम्बरको हाइस माइक्रो सडकबाट पल्टिएर बिहान सबा ८ बजे दुर्घटना भएको हो । घटनास्थलमा रहेका प्रहरी चौकी बुडरका प्रहरी साहायक निरीक्षक  दान सिं भाटका अनुसार माइक्रो सडकबाट २ सय मिटर तल खसेको छ ।


।  मृतकमध्ये ७ जनाको पहिचान खुलेको छ । भारतीय नागरिक फिदा हुसैन, जोगवुढा डडेल्धुराका कैलाशदक्त जोशी, पीपलाडी कञ्चनपुरका जगन्नाथ बोहरा, घण्टेश्वर डोटीका चन्द्र बहादुर बिक, सिलंगा बैतडीका मदनराज पन्त, भागेश्वर डडेल्धुराकी जानकी देवी जोशी र रुपाल गाबिस रुइनपाटाकी चन्द्रा देवी पाण्डेयको मात्र पहिचान खुलेको छ ।  


घाइतेमध्य ३ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइते भएका बैतडीका धर्मराज पन्त, चिपुर डडेल्धुराका दीदीबहीनी कवीता महत्ता र रोजीना महत्ता रहेका छन् । घाइतेहरुको उपचारका लागि धनगढी तर्फ पठाउनुपर्ने भएपनि  एम्बुलेन्स अभावमा पठाउन सकिएको छैन ।