दक्षिण कोरियाले ईरानमाथि थप प्रतिबन्ध लगाउने

दक्षिण कोरियाले ईरानमाथि थप प्रतिबन्ध लगाउने भएको छ । ईरानको बिबादास्पद परमाणु कार्यक्रमबारे बिश्व समुदायले चिन्ता ब्यक्त गरिरहेको बेला दक्षिण कोरियाले इरानमाथि थप प्रतिवन्ध लगाउने जनाएको हो ।

 

आगामी जुलाई १ देखि युरोपियन संघको बाटोबाट ईरानी तेल निर्यात गर्न प्रयोग गरिने पानी जहाजमा रोक लगाइने दक्षिण कोरियाले जनाएको छ ।

 

ईरानको मुख्य राजश्व स्रोतको रुपमा रहेको तेल निर्यातमाथिको प्रतिबन्धले ईरानमाथि दबाब सृजना गर्ने विश्लेषण गरिएको छ । यो निर्णयसँगै इरानमाथि प्रतिवन्ध लगाउने दक्षिण कोरिया पहिलो एशियाली राष्ट्र बनेको छ ।