काठमाडौ । नेपाल विद्युत प्राधिकरणले भोलीबाट लागु हुने गरी फेरि दिनको एक घण्टाको दरले लोडसेडिङ घटाएको छ ।
वर्षासंगै नदीमा जलप्रवाह बढेपछि प्रधिकरणले अब दैनिक ५ घण्टामात्र लोडसेडिङ हुने गरी घटाएको हो ।
खपत भन्दा अझै ३ सय ७० मेगावाट बिजुली आपूर्ति कम रहेकाले लोडसेडिङ पूर्ण रुपमा भने हटाउन नसकिएको प्राधिकरणले जनाएको छ ।
विद्युतको माग ९ सय ६० मेगावाट रहेकोमा आन्तरिक उत्पादन र भारतबाट आयात भएको समेत गरी ५ सय ९० मेगावाट मात्र आपूर्ति भइरहेको छ । RSS