एचआईभी एड्समा विदेशी दातृ निकायहरुबाट आएको अरबौं रुपैया दुरुपयोग

काठमाडौं  । तिमी हामी अनि हाम्रो नेपाल नामक संस्थाले एचआईभी एड्समा विदेशी दातृ निकायहरुबाट आएको अरबौं रुपैया दुरुपयोग भएको आरोप लगाएको छ ।


विदेशी दातृ निकायहरुबाट आउने अरबौं रुपैया दुरुपयोग भई लक्षितवर्गसम्म पुग्न  नसक्दा एचआईभी तथा अन्य संक्रमबाट सर्ने रोगहरु झन झन जटिल बन्दै गएको आरोप लगाएको हो ।


सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तिमी हामी अनि हाम्रो नेपालले एचआईभी र अन्य संक्रमणबाट सर्ने रोगका विषयमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द, सम्बन्धित निकाय र नागरिक समाजले प्रभावकारी भूमिका नदेखाएको कारण दातृ निकायबाट आउने रकम र कार्यक्रमहरु तल्लोस्तरसम्म निःशुल्क पुग्न नपाई स्वास्थ्य सेवाबाट बन्चित हुनुपरेको दावी समेत गरेको छ ।


एचआईभी एड्सको क्षेत्रमा सहयोग पु