अष्ट्रेलियाको तटिय क्षेत्र क्रिष्ट्मस आईल्याण्डमा एउटा डुङ्गा डुब्दा सयभन्दा धेरै यात्रु वेपत्ता

अष्ट्रेलियाको तटिय क्षेत्र क्रिष्ट्मस आईल्याण्डमा एउटा डुङ्गा डुब्दा सयभन्दा धेरै यात्रु वेपत्ता भएका छन् ।

 

क्रिष्ट्मस आईल्याण्डको उत्तरी तटीय क्षेत्रमा डुबेको डुङ्गामा २ सयभन्दा बढी यात्रु सवार थिए ।

 

दूर्घटनामा १७ जनाको शव फेला परेको छ ।

 

१ सय १० जनालाई जिवितै उद्धार गरिएको जनाइएको छ ।

 

 घटनालगत्तै अष्ट्रेलियन जल सेनाले उद्धार जारी राखेको अधिकारीहरुले बताएका छन् ।