सिरियाका राष्ट्रपति बसार अल असदले सिरियामा युद्ध हुने ठोकुवा गर्दै यसका लागि तयार रहन आफनो सेनालाई निर्देशन दिनुभएको छ ।
सिरियाली मन्त्रीपरिषदलाई सम्बोधन गर्दै राष्ट्रपति असदले सिरियामा जारी हिंसाका कारण युद्ध हुने दाबी गर्दै जीतका लागि आ आफनो तर्फबाट योगदान गर्न पनि सेनालाई अपील गर्नुभएको हो ।
आफू बिरुद्ध गत बर्षदेखि जारी प्रदर्शनका क्रममा सर्वसाधारण मात्र नभई आफ्ना समर्थकहरुको पनि मृत्यु भएको भनाई दोहर्याउँदै राष्ट्रपति असदले सेनालाई युद्धका लागी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
यसैबीच, सिरियाको रिपब्लिकन गाडर्स र बिद्रोहीबीच राजधानी दमास्कसमा ब्यापक झडप भएको छ । सिरियन आब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार यी दुई समूहबीच रातभर भीडन्त भएको छ जसमा १० जनाको मृत्यु भएको छ ।
सिरियामा राष्ट्रपति बिरुद्ध जारी प्रदर्शनका क्रममा हालसम्म १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।