बंगलादेशमा तीन दिनदेखि परेको अवीरल बर्षापछि आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ ।
बंगलादेशको दक्षिण पूर्वी क्षेत्र चटगाउँ बाढी पहिरोबाट सवैभन्दा बढी प्रभावित बनेको छ ।
बाढीका कारण थुप्रै सर्वसाधारण घरबारविहिन बनेका छन् ।
बाढीका कारण हवाई लगायत संपूर्ण यातायात ठप्प बनेको छ । बाढी प्रभावितहरुका लागि सुरक्षित स्थानको खोजी गरिनुका साथै राहत बितरण पनि गरिएको छ ।