शरदसिंह भण्डारीद्धारा नेतृत्वमा नयाँ पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टी गठन

 काठमाडौं – शरतसिंह भण्डारीले नयाँ पार्टी गठन गरेका छन् । भण्डारीको नेतृत्वमा गठन भएको पार्टीको नाम राष्ट्रिय मधेश समाजवादी पार्टी रहेको छ ।

बुधवारदेखि राजधानीमा सुरु सम्मेलनले पार्टीको नाम र झण्डा तय गरेको हो ।

पार्टीको झण्डा माथिल्लो भागमा सेतो र तल्लो भागमा हरियो रङ हुनेछ । झण्डा मै हरियो रङबाट सेतो भागतिर सूर्यदय भइरहेको अंकित हुनेछ । मधेशबाट क्रान्ति पहाड हुँदै हिमालतिर फैलिएको संकेतस्वरुप सूर्यदय राखिएको हो ।

विहीवार पत्रकार सम्मेलन गरी नाम, झण्डा, विधान र घोषणा पत्र जारी भण्डारीले बताए । नयाँ पार्टी घोषणा गर्न भण्डारीले बुधवार र विहीवार राजधानीमा राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गरेका छन् ।

सम्मेलनमा मधेश तराईका २२ जिल्ला, उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, दोलखा, पाल्पागायतका पहाडी जिल्लाबाटसमेत समर्थ र कार्यकर्ता आएका छन ।
 

-RSS