जापानको टोक्योमा एक अर्घाखाँचीबासी नेपाली महिलाद्धारा आत्महत्या

टोक्यो – जापानमा राजधानी टोक्योमा एक अर्घाखाँचीबासी नेपाली महिलाले गएराती आत्महत्या गरेकी छिन् ।

 

अर्घाखाँची जिल्ला धारापानी गाबिस फलामखिल्ली घर भइ हाल टोक्योको आसागयामा बस्दै आएकी अमृता थापाले गएराती आफु वस्ने घरको वाथरुममा पासो लगाएर आत्महत्या गरेकी हुन।

 

 करिव एक बर्षअघि जापान आएकी २५ बषिर्य अमृता श्रीमान चेतनारायण थापासंगै वस्दै आएकी थिइन् । श्रीमान कामबाट आएपछि दुईजनावीच झगडा भएपछि अमृताले आत्महत्या गरेको बताइएको छ ।

 

४ बर्ष अघि जापान आएका रेष्टुरेन्ट क्षेत्रमा रोजगाररत अमृताका श्रीमान चेतनारायण थापा र उनकी श्रीमती अमृता आसागयामा बस्दै आएका थिए । गएराती श्रीमान चेतनारायण कामबाट फर्केपछि थापा दम्पतीबिच सामान्य मनमुटाव भएपनि गम्भीर समस्या केहि नभएको बताईन्छ । श्रीमानले बाहिर बसेर साथीभाईलाई फ़ोन गरिहरेको अवस्थामा श्रीमती अमृताले बाथरुममा झुण्डिएर आत्महत्या गरेको थाहा भएको छ ।
 
मृतक अमृताको शव प्रहरीले जिम्मा लिएको छ भने श्रीमान चेतनारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । थापा दम्पतीका नेपालमा एउटी ९ बर्षिय छोरी छिन् ।


पोष्टमार्टमको प्रक्रिया अगाडि बढाईएकोले त्यसको रिपोर्ट नआएसम्म श्रीमान चेतनारायणलाई कसैसंग भेट्न नदिईएको थाहा भएको छ ।
 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।