अर्घाखाँचीमा सकि्रय सेवा समाजको दुई दिने अन्तरकि्रया कार्यक्रम सम्पन्न, एचआईभिबाट कपिलवस्तुमा ८३ जनाको मृत्यु

– गणेश खनाल

 

अर्घाखाँची । एचआईभि संक्रमितबाट कपिलवस्तुमा ८३ जनाको ज्यान गएको छ । एचआईभि नियन्त्रणका क्षेत्रमा जिल्लामा काम गरीरहेका गैर सरकारी सस्था सकि्रय सेवा समाज कपिलबस्तुका अनुसार जिल्लामा सम्र्पकमा आएका ४९७ जना मध्ये १२५ जनाले नियमित एआरभि ओषधि सेवन गरिरहेका छन् ।


ति मध्ये ८३ जनाको मृत्यु भईसकेको सकि्रय सेवा समाजका संयोजक शुशिला बेल्वासेको जानाकारी दिनुभयो । ७७ गाविस मध्ये ५८ गाविसमा एचआईभि संक्रमित रहको बेल्लासेको भनाई रहेको छ । संक्रमित मध्ये अधिकाम्सका छोराछोरी रहेका छन् । 


संकि्रमित हुनेहरु सबैजसो रोजगारका लागी भारत गएर फर्केकाहरु रहेका छन् । जिल्लामा कार्यरत सस्था सकि्रय सेवा समाजको सहयोगमा संकि्रमितहरुले ओषधी सेवन गरिरहेका छन् । यस्तै संक्रमित शान्ति पुरलले राज्यले हामी ठोस कार्यक्रम ल्याई जिविको पार्जनमा सहयोग गर्नु पर्ने बताउनुभएको छ ।


यस्तै अर्घाखाँचीमा सकि्रय सेवा समाजले गरेको दुई दिने अन्तरकि्रया कार्यक्रम कपिलवस्तु पाल्पा स्याज्या लागयतका करिव ५० जना सक्रमितको उपस्थिती रहेको थियो । यसैविच सकि्रय सेवा समाज अर्घाखाँचीको आयोजनामा जिविको पार्जन सुधार कार्यक्रम चुनौती सम्भावना र भावि योजना विषयक अन्तरकि्रया कार्यक्रम आज सम्पन्न भएको छ । 


कार्यक्रममा बोल्ने बत्ताहरुले एचआईभि संक्रमणीहरुलाई मायास्नेहका अतिरित्त आफनो जिविका चलाउनका लागी राज्यले ठोस कार्यक्रम ल्याउनु पर्ने बताएका थिए । यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठपहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा सर्मपण समुह कपिलवस्तुका सचिव हरि अर्याल हुनुहुन्थ्यो । 


सकि्रय सेवा समाजकी निर्देशक विष्णु घिमिरेको अध्यक्षताअर्घाखाँची समाजका प्रमुख बालकृष्णा खत्रीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । हिजो देखी चलेको अन्तरकि्रयमा कपिलवस्तु पाल्पा स्याज्या अर्घाखाँची जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको कपिलवस्तु सकि्रय सेवा समाज प्रमुख शुशिला बेल्वासेले बताउनुभयो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।