नरपानीमा रहेको चुनढुंगा पुन: संचालनमा ल्याउने विषयमा विवाद, विगत ८ महिना देखी खानी अवरुद्ध


 

– गणेश खनाल

 

नरपानी, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा रहेको चुनढुंगा पुनः संचालनमा ल्याउने विषयमा स्थानीय बासिन्दा दुई पक्षँमा विभाजन भएका छन् । एक थरी सदाका लागी उद्योग बन्द हुनुपर्छ भन्नेमा छन् भने अर्का एक समुह खुलाउनु पर्छ भन्ने पक्षँमा देखीएका छन् ।

 

खानी उत्खननले खानेपानीका मुहान सुकेको भन्दै विगत ८ महिना देखी स्थानीय बासिन्दाले उत्खनन कार्य ठप्प पादै आएका छन् । डाईनष्टिक कम्पनीले विगत ६ वर्ष देखी चुनढुंगा उत्खनन गरि लग्दै आएको थियो ।


विगतको जस्तै जनतालाई मानव ढाल बनाए अहिलेको आन्दोलन पनि सकिएने हो की भन्ने चिन्ता स्थानीय सर्व साधारणमा  रहेको बताईएको छ । कम्पनीले १३ वर्ष अगाडी आठ बुदे सहमति गरि अर्घाखाँचीबाट चुनढुंगा नेपालको कपिलवस्तु र भारतका विभिन्न ठाउमा पुर् याउदै आएको थियो ।

 

२०५५ सालमा गरेका ८ बुदे सहमतिको कुनै एउटा सम्झौता पनि राम्रो संग कार्यन्वयन नभएको भन्दै स्थानीयले खानी बन्द गरेका हुन् । कम्पनीले हाल सम्म सम्झौता अनुसार काम नगरेकाले सदाका लागी चुनढुंगा बन्द गरिएको संर्घष समितीका सचिव हुम बहादुर पहराईले बताउनुभयो । पटक पटक  सहमति अनुसार काम गछु भन्र्छ तर कम्पनी कहिल्यै गरेनपहराईले भन्नुभयो त्यसलै कम्पनी संग अव सम्झौता पनि हुदैन्खानी खुल्दा पनि खुल्दैन्। स्थानीय सुरेन्द्र बेल्वासेले राज्यको दायरमा रहेर कम्पनीले आफनो काम गर्न पाउनु पर्ने बताउनुभयो ।

 


 

चुनढुंगामा राजनिती गरेर स्थानीय जनता विच भिडन्त आउने स्थिती नबनाई सबै पक्षँको सहमतिमा अगाडी बडाउनु पर्ने माओवादीका जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्जवलले बताउनुभयो । स्थानीय खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको समस्यालाई समाधान गरि खानीको प्रकि्रया अगाडी बढाउनु पर्ने नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालको भनाई छ । ने क पा एमाले उपाध्यक्षँ जनार्दन खनालले जिल्लालाई अत्यधिक फाईदा हुने गरि कम्पनी संचालन गर्नु पर्ने बताउनुभयो । राजमोका केन्द्रिय सदस्य सागर के सीले खानी बन्दै गर्नु पर्नेमा जोड दिनुभएको छ ।


जिल्लाका राजनितीक दलहरुले जिल्लाको हितमा हुने गरि खानी साचालनमा जोड दिएका छन् भनेस्थानीयले कम्पनीले सम्झौता मात्र गर्ने कार्यन्वयन नगर्ने संग अव जे गरेपनि खानी खोल्न नहुनेमा जोड दिएका छन् । सदरमुकाम सन्धिर्खक सहित ८ गाविसमा उत्खननका कारण पानीका मुहान सुक्दै गएका छन्पानीका हाहाकार मच्चिएको छ कसरी खोल्न दिने सर्घष समितीका कोषध्यक्ष लक्ष्मण के.सीले भन्नुभयो ।

 

यता कम्पनीका पशुपति मुराकाले आफुले राज्यलाई बुझाउनु पर्ने सबै कर बुझाउदा पनि काम गर्ने स्थीति नभएको भन्दै दु.ख व्यक्त गरेका थिए ।  मराठले सम्झौता अनुसार काम गर्ने भन्दै सरकारले अनुमति दिएको खानी खोल्न नदिनुको कारण आफुलाई थाहा नभएको  बताउनुभयो । यस्तै राज्यको खानी विभागले भने जस्तो गरि काम गर्ने बातावरण मिलाई दिन प्रशासनलाई आग्र समेत गर्नुभयो । आफुलाई दैनिक १८ लाख घाटा मराठाको भनाई छ ।


प्रमुख जिल्ला अधिकारी श्री कृष्णा श्रेष्ठले राज्यले सबै क्षेत्रको सुरक्षा गर्नु पर्ने स्थिती रहेको बताउदै सरकारी नियम अनुसार कम्पनी अगाडी नबढेकाले समस्या आएको बताउनुभयो । यद्यपी कार्यक्रमले राज्यको हितमा हुने गरि निर्णय गर्ने बताउनुभयो । चुनढुंगा सम्बन्धि नरपानीमै जिल्ला प्रशासन कार्यालयले अन्तरकि्रया कार्यक्रम गरेको थियो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।