जासुसी गरेको आरोपमा बिगत ३० बर्षदेखि पाकिस्तानको कारागारमा रहेका भारतीय नागरिक रिहा

जासुसी गरेको आरोपमा बिगत ३० बर्षदेखि पाकिस्तानको कारागारमा रहेका भारतीय नागरिक सुरजीत सिंह रिहा भएका छन् ।

 

 पाकिस्तानमा रही भारतका लागि जासुुसी गरेको आरोपमा पाकिस्तानको सर्वोच्च अदालतले फाँसीको सजायँ सनाएका सुरजीतलाई तात्कालिन राष्ट्रपति गुलाम इशाक खानले आजीवन कैदको मात्रै सजायँ दिने आदेश दिएको थियो ।

 

आजीबन कैद सजायँ अन्तर्गत ३० बर्षको जेल सजायँ भुक्तान गरी उनी रिहा भएका हुन् । उनी संगै पक्राउ परेका अर्का भारतीय नागरिक सरबजीत सिंहलाई पनि मृत्यु दण्डको सजाँय सुनाइसकेको छ ।

 

 सुरजीत सिंहलाई कारागार मुक्त भएलगत्तै भारतीय अधिकारीहरुको जिम्मा लगाइएको छ ।