चीनले अन्तरिक्ष यात्रामा पठाएका तीनै जना अन्तरिक्ष यात्री दुई हप्तापछि सफलतापूर्वक आफ्नो मिशन पुरा गरेर पृथ्वीमा फर्किएका छन् ।
एक महिलासहित तीन अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण गरेको दृश्य चिनियाँ सरकारी टेलिभिजनले देखाएको छ ।
मिशनका क्रममा चिनियाँ अन्तरिक्ष यात्रीहरुले पहिलो पटक पृथ्वीको कक्षमा आफ्नो यानको आफैले नियन्त्रण गरी स्थापित गर्न सफलता पाएको बताइएको छ ।
सन् २०२० मा आफ्नो अलग्गै अन्तरिक्ष स्टेशन स्थापना गर्न लागेको चीनका लागि यो निकै ठूलो उपलब्धि मानिएको छ ।
www.timesofearth.com