भारतको आसममा सन् १९९८ पछिको सबैभन्दा ठूलो बर्षापछि आएको बाढीमा परी ३५ जनाको मृत्यु, ९ लाख जनता प्रभावित


 

भारतको आसममा भारी बर्षापछि आएको बाढीमा परी ३५ जनाको मृत्यु भएको छ भने ९ लाख जनता प्रभावित बनेका छन् ।

 

आसमका २७ जिल्ला मध्ये २१ वटामा बस्ती डुबेका छन् । बाढी प्रभावितलाई उद्धार गर्न प्रयोग गरिएको डुंगा पनि डुब्दा मृतकको संख्या बढेको हो ।

 

दुई साताअघि शुरु भएको मनसुनी बर्षा लगातार भईरहेपछि बाढी आएको बताईएको छ । लगातारको बर्षाका कारण ब्रम्हपुत्र नदीमा पानीको सतह अत्यधिक बढेर बस्तीमा प्रवेश गरेको हो ।

 

बाढी प्रभावितहरुलाई उच्च स्थानमा पाल टाँगेर राखिएको छ । पालमा पनि पानी पस्दा प्रभावितहरु थप मारमा परेका छन् । असममा सन् १९९८ पछिको यो सबैभन्दा ठूलो बाढी हो ।

 


 

– Agencies