मुलुक र शासक

डिआरजी सुमन -एकलयात्री

मैदान ५ अर्घाखाँची
 
 छन, अभिभाक हाम्रा, तर भए,जिउदो लास सरी!
 नगर्ने भए, पुरा कहिल्यै पनि, आफ्ना जिम्मेवारी!  
 
बिउ नै रोगी छरे, फुल लागेर फल पाईन्छ कस्तो?
 भयो यहाँ, “राष्ट्रियता” कौदीको भाउ भन्दा सस्तो!

 खोके धेरै,छ्द्दम भेशमा,देश रक्षक भन्ने योगीहरुले!
 गर्न पो के सक्थे र!बिदेसी निमोनियाका रोगीहरुले!
 


 गर्न सक्ने होइन,जस मात्र लिने,दोस भने अरुलाई!
 सत्ताको लागि,गुहार्छन सधैं,बिदेशी शक्ती केन्द्रलाई!