इजिप्टमा संवैधानिक अदालतसमक्ष मोहम्मद मुर्सीले आज राष्ट्रपति पदको औपचारिक शपथ लिएका छन ।
राजधानी कायरोको तहरीर स्वायरमा सेनाविरुद्ध उत्रिएका प्रदर्शनकारीलाई सम्बोधन गर्दै मुर्सीले राष्ट्रपतिको कुनै पनि शक्तिमा कमी आउन नदिने दाबी गरेका थिए।
मुर्सीले जनताको शक्तिभन्दा ठूलो कुनै शक्ति नभएको भन्दै क्रान्ति जारी रहेको बताएका थिए।
इजिप्सीयन सेनाको शक्तिशाली सर्वोच्च परिषद्तर्फ संकेत गर्दै उनले इजिप्टका जनता नै शक्ति र सार्वभौमिकताको स्रोत भएको स्पष्ट पारे । राष्ट्रपति मुर्सीले सेनाले पक्राउ गरेका प्रदर्शनकारी र मुबारकको शासनविरुद्धको प्रदर्शनका क्रममा मारिएका र घाइतेलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे।
इजिप्टमा गत नोभेम्बर महिनामा सम्पन्न संसदीय चुनावमा मुस्लिम ब्रदरहुड समर्थित फ्रिडम एण्ड जस्टिस र इस्लामीक दलहरुको बर्चस्व रहेको छ ।