अमेरिकाले २२ वर्षपछि पहिलो पटक बर्माका लागि राजदूत नियुक्त गरेको छ । अमेरिकी सिनेटले कुट्नीतिज्ञ डेरेक मिचेललाई बर्माका लागि राजदूत तोकेको हो ।
बर्मामा जारी राजनीतिक सुधारलाई ध्यान दिंदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले मिचेललाई गत मे महिनामा राजदूत बर्माका लागि राजदूत तोक्नु भएको थियो ।
बर्माको सैनिक सरकारले राजनीतिक वन्दीको रिहाई प्रक्रिया शुरु गर्दै सन् २०१० मा आमनिर्वाचन गराएको थियो । उपनिर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीको पार्टीले ४३ सीटमा जीत हासिल गरेको थियो ।
अमेरिकाले बर्मामा राजनीतिक सुधारको कामलाई अझै तिव्रता दिनुपर्नेमा जोड दिँदै आएको छ ।