काठमाडौ – पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि आइतबार भैरहवा पुगेका छन् । पाँच दिने भ्रमणका लागि भैरहहवा गएका ज्ञानेन्द्रले नवलपरासी, कपिलवस्तु र रुपन्देहीका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ ।
भैरहवामा पूर्वराजाको भव्य स्वागत भएको छ । उनको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार बनाइएका छन् । गौतम बुद्ध विमानस्थलमा सयौं शुभेच्छुक ज्ञानेन्द्रको स्वागतका लागि पुगेका थिए ।
संविधानसभा विघटनपछि पूर्वराजा ज्ञानेन्द्रको राजधानी बाहिरको यो पहिलो भ्रमण हो । RSS