भारतको आसाममा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । बाढीले सयौं घर डुबाएको छ ।
आसामको २७ जिल्लामा भारी बर्षापछी आएको बाढीका कारण ११ लाख जनता प्रभावित बनेका छन् । बाढीले ४३ हजार हेक्टरमा लगाइएको बाली नष्ट भएको छ ।
सयौ घरपालुवा जनावर मरेका छन् । बाढी प्रभावितलाई भेट्न प्रधानमन्त्री मनमोहन सिंह आज त्यता जाँदैछन् । बाढी प्रभावितलाई राखिएको क्याम्पमा स्वस्थ पानी नहुँदा बालबालिका बिरामी परेका छन् ।
डुबानको पानी सुकेपछि मात्रै बाढी प्रभावितलाई घर फर्काइने अधिकारीहरुले जनाएका छन् ।