नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । राजधानीमा जन्मजयन्तीसम्बन्धि विभिन्न कार्यक्रम गरिँदैछ । जिल्लाहरुमा पनि कार्यक्रम गरिँदै छ ।


भारत निर्वासनमा रहेकै बेला वि सं १९८१ सालमा कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाको पुत्रका रुपमा बिहार राज्यको टेडी शहरमा आजकै दिन उहाँको जन्म भएको थियो । बाल्यकाल भारतमै बिताएका कोइरालाको विद्यालय शिक्षा विराटनगरमा र त्यसपछिको शिक्षा भारतमै भएको थियो ।


भारतको स्वतन्त्रता आन्दोलनमासमेत भाग लिनु भएका कोइराला बिराटनगरको मजदुर आन्दोलनबाट नेपाली राजनीतिमा सक्रिय हुनुभयो । पाँच पटक मुलुकको प्रधानमन्त्री बन्नुभएका कोइराला राजशाहीको पतनसँगै जनताको तहबाट पहिलो कार्यवाहक राष्ट्रप्रमुख पनि हुनु भएको थियो ।


२०४८ सालको आमनिर्वाचनपछि पहिलोपटक मुलुकको प्रधानमन्त्री बन्नु भएका उहाँ २०५५, २०५६ र २०६२