मेरो मन

– बाबु रोका(मगर)
असुरकोट-९ अर्घाखाँची हाल:(नई दिल्ली भारत) 


यो मन कस्तो मन?
कहीले चन्द्रमामा पुग्छु भन्छ
त कहीले पंक्षि जस्तै आकाशमा उडछु भन्छ
किन होला वसमा छैन मेरो मन|
कहीले निर्दयी बनेर कसैलाई दु:खी बनाउछ
त कहीले धर्मात्मा बनेर कसैलाई खुशी बनाउछ
किन होला यस्तो गर्छ मेरो मन|

यो मन कस्तो मन?
जति बाँधेर राख्न खोज्छु त्यतिनै खुल्ला भएर
भाग्न खोज्छ झन्-झन्|
कसैले मोहनी लगाएछ क्यारे
मायाको नशा चढे छ तिमीलाई
भन्छ यो मेरो आफ्नै मन|


माया पनि नगरेको होईन
गरेकै हुँ तर पनि खुशी छैन मन|
के खाएर शान्त पारौ कुन डक्टर लाई देखाएर निको पारौ
सम्हाल्नै न सक्ने भयो यो मेरो मन|


कसैको वसमा नरहने कस्तो रहेछ यो मन
न त देख्न सक्छु यो मन लाई न त छोप्न सक्छु
कस्ले बनायो होला यो मन?
भन्दछ्न मान्छेहरू आखिर मन त मन नै हो
तर मैले चिन्नै सकेन बुझ्नै सकेन हो यो कस्तो मन?