प्राविधिक सीपको आवश्यकता बढ्दो

काठमाडौ, १८ असार पर्याप्त जनशक्ति भएको हाम्रो देशमा प्राविधिक सीप सम्बन्धित तालिम अत्यावश्यक भएको सम्बन्धित क्षेत्रका जानकारहरुले बताएका छन् । जागिरको लागि बर्षेनी लाखौ जनशक्ति बिदेशिने गरेको यथार्थतालाई ध्यानमा राखेर यस्ता सीपमुलक तालिम संचालन गर्नु पर्ने उनीहरुको भनाई थियो ।

सिटिइभिटी अन्तर्गतको रोजगारीका लागि सीप परियोजनाले आफ्नो कामको बारेमा समीक्षा गर्न आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। सुर्यकुमार राईले नेपालको जनशक्तिलाई कुनै पनि सीपमुलक तालिम दिने हो भने बिदेशिनु पर्ने बाध्यताबाट धेरै युवाहरुले मुक्ति पाउने बताए । राईले भने ,ूप्राविधिक रुपमा दक्ष भएको ब्यक्तिको मुल्यांकन गरेर सक्दो प्रयोग गर्न सकेको अवस्थामा व्यक्तिको मात्र नभएर गाउ समाज र मुलुक नै सक्षम हुन्छ ।ू

दलित, महिला तथा बिपन्न बर्गलाई सीप सिकाउने, तालिम दिने संस्थाको क्षमता विकास गर्ने र सिटिईभिटीको नीति निर्माण गर्ने उदेश्य लिएर काम शुरु गरेको रोजगारीका लागि सीप परियोजनाले ६० हजार २ सय ९२ जनालाई सीपमुलुक तालिम दिएको छ ।

परियोजना प्रवन्धक पुष्परमण वाग्लेका अनुसार २० वटा जिल्ल्मा  घरेलु तथा स्थानीय संघ संस्थामार्फत यो तालिम संचालन गरिएको हो । जसमा ३२ हजार २ सय २३ ९५३।४ प्रतिशत० महिला, १५ हजार ८३ ९२५।०२ प्रतिशत ० दलित समुदायका व्यक्तिहरुले सीपमुलक तालिम पाएका छन् ।

कृषि तथा पशु स्वास्थ्य, इजिनियरिङग, होटल म्यानेजमेन्ट यण्ड टुरिजम् तलिमका मुख्य क्षेत्र हुन् भने सुरक्षा गार्ड, सिलाई बुनाई, हाते इम्ब्रोडरी, ब्युटिसियन केयरगिभर जस्ता तालिम प्रदान गरिएको  प्रवन्धक वाग्लेले जनाए ।

परियोजनाको कामको समीक्षा कार्यक्रममा राष्टिय योजना आयोगका पूर्व सदस्य तिर्थ खनियाले एक पटक सिकाएको सीपको समीक्षा गर्दै यसलाई निरन्तरता दिदा मात्रै प्रभाव पर्ने बताए ।  खनियाले भने ,  ूजुन परियोजना मार्फत यी तालिम दिइएको छ त्यो परियोजनाले निरन्तरता नपाउनु हाम्रो कमोरी पक्ष हो, त्यसैले सबैले यस तर्फ ध्यान दिदै भएगरेका कामलाई निरन्तर दिनुपर्छू ।

शिक्षा मन्त्रालयका सचिव किशोर थापाले तालिमको प्रभावलाई पछिसम्म कायम राख्नको लागि तालिम दिने र लिने अनि तालिम दिने दिनेको वीचमा समन्वयको आवश्यकता भएको बताए ।  उनले नेपालको भौगोलिक बिशेषतालाई ध्यानमा राखेर सबै ठाउमा एकै प्रकारका नभई त्यस क्षेत्रको बिशेषताको आधारमा तालिमका विषय छनौट गर्न पनि सुझाव दिए ।
सचिव थापाले भने, ूसीप सिकेपछि त्यसको उपयोग सोही क्षेत्रमा गर्न पाउने गरि तालिम संचालन गर्नंपर्छ ।ू
परियोजना मार्फत सीप सिकेका ब्यक्तिहरुले तालिम पछि आफूहरुले त्यस क्षेत्रमा काम थालेको र आफू आत्मनिर्भर भएको अनुभव कार्यक्रममा सुनाएका थिए ।

कार्यक्रमका अन्य वक्ताहरुले यस्ता कार्यक्रमले बिदेसिने नेपालीलाई देशमा बसेर केही गर्न सकिन्छ भन्ने संन्देश दिने भन्दै ग्रामिण क्षेत्रका दलित, महिला तथा बिपन्न बर्गकाहरुको लागि थप उपयोगी  हुने बताए ।

तालिम सिकाउनु आफैमा राम्रो हो, तर सिकेकालाई थप एक तह माथिको सीप सिकाउन सहभागीहरुले आग्रह थियो ।