दार्चुलाको ग्वानीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यू, २७ जना घाइते

चित्रांग थापा

 

बैतडी  – मंगलबार बिहान ५ बजेतिर दार्चुलाको ग्वानी गाविसमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । २७ जना घाइते छन् । धनगढीबाट दार्चुला जादै गरेको ना ४ ख ६६०८ नम्बरको रात्री बस ग्वानी-५ बगजीवेलामा सडकबाट दुईसय मिटर तल खसेको हो ।

प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घाईतेलाई अस्पताल पुर्‍याएको छ । उद्धार जारी भएकाले घाइते र मृत्यू भएकाको संख्या थप हुन सक्ने प्रहरी नायब उपरीक्षक दुवबहादुर बोकटीले बताए ।   


 घट्नास्थलमा रहेका प्रहरी निरीक्षक श्यामबहादुर साउदका अनुसार बस सडकबाट ६ सय मिटर तल भीरमा अड्किएको छ । मृतकमध्ये १ जना महिला र ६ पुरुष छन् । घट्नास्थल दार्चुला वैतडी सीमामा रहेको गोकुलेश्वरबाट करिब १५ किलोमिटर दार्चुलातर्फ रहेको छ । मृतकहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ ।


 मृतक मध्ये तीन जनाको मात्र सनाखत भएको छ । प्रहरीका अनुसार धनुषा खजुरा ३ का अमितकुमार पंडित, ग्वान्नी दार्चुलाका धौलसिंह धामी र शरमली दार्चुलाका लक्ष्मी जोशीको पहिचान खुलेको हो ।