अमेरिकी इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्य घोटाला काण्डमा मुछिएको ब्रिटेनी औषधि कम्पनी ग्लैक्सो स्मिथक्लाइनले तीन अरब डलर जरिवाना तिर्नुपर्ने भएको छ । बिना अनुमति लगिएको दुई औषधिको प्रचारप्रसार गरिएको आरोपमा उक्त कम्पनी दोषी ठहर भएपछि यत्रो ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको हो ।
यसका साथै ग्लैक्सो स्मिथक्लाइनले मधुमेह रोगमा प्रयोग गरिने एक औषधिको सुरक्षा जाँच गर्नसमेत नदिएको दोष पनि लगाइएको छ । पैक्सिल, वेलबुटरिन र एवेंडिया नामका औषधिमा भ्रष्टाचार भएको किटानी गरिएको हो । जहाँ सरकारी दण्ड जरिवानाका अतिरिक्त नागरिक क्षतिपूर्तिको हिस्सासमेत संलग्न गरिएको छ । यत्रो ठूलो रकम जरिवाना गर्नुलाई सम्बन्धित अधिकारीअरुले नै अप्रत्याशितको संज्ञा दिएका छन् ।
ग्लैक्सो स्मिथक्लाइन विश्वकै ठूला औषधि कम्पनी मध्ये एक हो । जसले डिप्रेशन कम गर्नकालागि प्रयोग गरिने पैक्सिल र वेलबुटरिन जस्ता औषधिको अनुमति बिनानै प्रचारप्रसार गरिएको स्वीकारेको छ । यतिमात्र होइन उक्त कम्पनीले मधुमेह रोगका लागि एवेंडिया नामको औषधि प्रयोग गर्दा त्यसले स्वास्थ्यमा पार्ने असरको आंकाडासमेत गलत दिएको थियो छ ।
विश्वभर २० लाखभन्दा बढी व्यक्तिले प्रयोग गर्ने यो औषधिको बेलायतमा मात्र एक लाखभन्दा बढी प्रयोगकर्ता रहेको बताइन्छ । यो औषधि सेवन गर्दा हृदयघात बढ्ने भएकाले यसको असर प्रयोगकर्तालाई बताउनुपर्ने अनिवार्य मानिन्छ ।