चीनको दक्षिण पश्चिमी शहर शिफांगमा चर्को विरोध पछि तामा प्रशोधन संयन्त्र निर्माण कार्य स्थगित

चीनको दक्षिण पश्चिमी शहर शिफांगमा चर्को विरोध पछि तामा प्रशोधन संयन्त्र निर्माण कार्य स्थगित गर्न अधिकारीहरु बाध्य भएका छन् ।

 

तर उनीहरुले अवैध गतिविधि बन्द नगरे प्रदर्शनकारीहरुले गंभीर सजाय भोग्नु पर्ने चेतावनी पनि दिएका छन् । स्थानीयसंग छलफल पछि संयन्त्र निर्माण अगाडि बढाइने अधिकारीहरुले जनाएका छन् । वातावरण प्रदुषणको आशंकामा त्यस क्षेत्रका हजारौ जनता संयन्त्र निर्माणको विरोधमा उत्रिएका थिए ।

 

दुई दिन यताको विरोध प्रदर्शनका क्रममा धेरै सुरक्षाकर्मी र प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरुले गैरकानुनी रुपमा भेला भएर कानुन तोड्ने प्रयास गरेमा कारवाही गर्ने सुचना सार्वजनिक गरेको छ ।

 

चीनमा सरकारले निर्माण गर्ने योजनाको विषयमा विरोधका स्वरहरु कमै सुनिए पनि पछिल्लो समय भने स्वास्थ्य र वातावारणमा असर पु-याउने आयोजना निर्माणको व्यापक विरोध हुन थालेको छ ।