विश्व मानवअधिकारवादी संगठन ह्युमन राइट्स वाचले सिरिया सरकारले विपक्षी प्रदर्शनकारी माथि उत्पीडन जस्तो मानवता विरोधी अपराधको निति लिएको आरोप लगाएको छ ।
ह्युमन राइट्स वाचले सार्वजनिक गरेको विवरणमा सिरिया सरकारले विरोधीहरुलाई बन्दी बनाएर राखेको र उनीहरुलाई प्रताडित गरेको उल्लेख गरेको छ । संगठनले यस्ता कार्यमा संलग्नलाई अन्तर्राष्ट्रिय आपराधिक न्यायालय मार्फत दण्डित गर्न पनि माग गरेको छ ।
यसैबीच, सिरियाका राष्ट्रपति बशार अल असादले सिरियाले गत महिना टर्कीको एक सैन्य विमान खसालेकोमा दख व्यक्त गर्नु भएको छ ।
टर्कीको एक पत्रिकासंगको अन्तर्वाताका क्रममा असादले सिरियाको वायु सेनालाई आफ्नो हवाई क्षेत्रमा टर्कीको विमान आएको जानकारी नभएका कारण उक्त दुख घटना भएको बताउनु भयो । उहांले इजरायली सेनाले प्रयोग गर्ने गरेको बाटो टर्कीको विमानले प्रयोग गरेको जानकारी दिनु भयो । यो घटना लगत्तै दुई मुलुकबीच तनाब बढेको थियो ।