फ्रान्सका पुर्व राष्ट्रपति निकोलस सार्कोजीको घर तथा कार्यालयमा छापा

फ्रान्सका पुर्व राष्ट्रपति निकोलस सार्कोजीको घर तथा कार्यालयमा प्रहरीले छापा मारेको छ । गैरकानुनी ढंगले आर्थीक सहायता लिएको र पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आशंकामा प्रहरीले सार्कोजी निवासमा छापा मारेको हो । यसक्रममा सार्कोजीको शेयर लगानी रहेको एउटा कानुनी फर्ममा समेत छापा मारीएको छ ।

सार्कोजीमाथि सन् २००७ को राष्ट्रपतिय निर्वाचनमा गैरकानुनी ढंगले आर्थीक सहायता बटुलेको आरोप लाग्दै आएको छ । फ्रान्सकै धनी महिला लिलिया बेटेनकोर्टसँग अकुत सहयोग लिएको आरोपमा प्रहरीले छानविन तिब्र पारेको हो । फ्रान्समा कुनैपनि राजनीतिक दलको नेताले चुनावी प्रचारप्रसारको लागि एक व्यक्तिसँग अधिकतम ४ हजार ६ सय युरो मात्रै सहयोग लिन पाउने व्यवस्था छ । तर बेटेनकोर्ट एक्लैले सार्कोजीको चुनावी अभियानमा दशौ लाख डलर खर्च गरेकी थिईन् ।

सार्कोजी हाल आफ्नो परिवारसहित क्यानाडामा रहेका छन् । गत जुन १६ तारीखमा समाजवादी नेता फ्रास्वाँ ओलाण्डले राष्ट्रपतिको पदभार समालेपछि सार्कोजी विरुद्धको छानविनले गति लिएको छ ।