स्वीट्जरल्याण्डका वैज्ञानिकद्धारा ईश्वरीय कणको खोजी गरेको दाबी, भौतिक विज्ञानको सबैभन्दा ठूलो उपलब्धी


 


स्वीट्जरल्याण्डका वैज्ञानिकहरुले हिग्स वोसन अर्थात ईश्वरीय कणको खोजी गरेको दाबी गरेका छन् । दशकौंदेखि भईरहेको खोजसंग यो उपलब्धि मेल खाएको दाबी पनि उनीहरुले गरेका छन् ।

 

हिग्स वोसनको खोजमा सफलता मिल्नुलाई भौतिक विज्ञानको सबैभन्दा ठूलो उपलब्धी भनिएको छ ।

 

कणहरुमा भार नहुने हो भने ताराहरु नबन्ने, आकाशगंगा र परमाणु पनि नहुने र ब्रह्माण्डको स्वरुप अर्कै हुने वैज्ञानिकहरुको भनाई छ ।

 

वैज्ञानिकहरुले हिग्स कणको अस्तित्वको विषयमा लामो समयदेखि ठोस प्रमाणको खोज गरिरहेका थिए । उनीहरुले कणहरुमा भार किन हुन्छ भन्ने तथ्यलाई प्रमाणित गर्न जुटिरहेका थिए ।

 

गत वर्ष डिसेम्बरमा १० अर्ब डलर खर्च भएको लर्ज कोलाइडर नामक परियोजनाका शोधकर्ताले यो कणको अस्तित्वको बारेमा तथ्यहरु प्राप्त भएको जानकारी लिएका छन् । यो परियोजना अन्तर्गत विश्वमा सबैभन्दा तिब्र कण बनाइएको छ जुन प्रकाशको गतिमा प्रोटोनसंग ठोक्किन पुग्छ ।

 

यसबाट ब्रह्माण्डको उत्पत्तिको विभिन्न रहस्य खुल्ने बताइएको छ । सन् १९६० को दशकमा प्रोफेसर पीटर हिग्सले हिग्स सिद्धान्त प्रतिपादन गरेका थिए ।