काठमाडौं – गत आइतबार मेक्सीकोमा सम्पन्न राष्ट्रपति चुनावको मत गणना फेरि गरिने भएको छ । मेक्सीकोका अधिकारीका अनुसार मत गणनामा अनियमितता भएको भन्दै फेरि मत गणना गरिने भएको छ ।
मत गणनामा दोस्रो भएका वामपन्थी पीआरडी पार्टीका नेता एंड्रस मैनुअल लोपेज ओबराडारले फेरि मत गणना गर्ने माग गरेपछि मेक्सीकोका निर्वाचन अधिकारीले मत गणना गरिने बताइएको छ ।
समाचारमा जनाइएअनुसार राष्टपतिका उम्मेदवार पीआरआइ पार्टीका एनरीक पीना नीटोले आफुले राष्ट्रपति चुनावका लागि भोट खरिद गरेको भन्ने आरोप अस्वीकार गरेका छन् ।
एनरीक पीनाले सुरुको प्रतिस्पर्धामा ६ प्रतिशत बढी भोट लिएको समाचारमा जनाइएको छ । – The Times Of Earth