जापान पछि दक्षिण कोरियाले पनि वैज्ञानिक अनुसन्धानका लागि समुद्री जीव ह्वेलको शिकार शुरु गर्ने

समाचार अनुसार जापान पछि दक्षिण कोरियाले पनि वैज्ञानिक अनुसन्धानका लागि विशालकाय समुद्री जीव ह्वेलको शिकार शुरु गर्ने जनाएको छ ।

 

यसका लागि दक्षिण कोरियाले पनामा शहरमा अन्तर्राष्ट्रिय ह्वेल आयोगका वैज्ञानिक समिति समक्ष आफ्नो योजना प्रस्तुत गर्ने जनाएको छ ।

 

दक्षिण कोरियाको कोरियाई तट नजिक मिंक ह्वेल शिकार गर्ने योजना छ । तर अन्तर्राष्ट्रिय ह्वेल आयोगका सदस्य राष्ट्रहरुले भने कोरिया सरकारको योजनाको भत्सर्ना गरेका छन् ।

 

विश्वमा ह्वेलको शिकार गर्न रोक लगाइएको छ । तर अनुसन्धानका लागि भने अनुमति दिने गरिएको छ । दक्षिण कोरियाका ह्वेलको मासु खाने परम्परा निकै पुरानो मानिन्छ ।