बर्षाका कारण पहिरोले गर्दा अर्घाखाँचीमा चल्ने यातायात अबरुद्ध, किसानहरु खेत रोप्न व्यस्त

सन्धिखर्क, अर्घाखाँची – लगातार परेको भारी बर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरोले गर्दा अर्घाखाँची जिल्लाका बिभिन्न गाबिसहरुमा चल्ने यातायात प्रणाली बन्द हुन पुगेका छन।

 

माधब घिमिरेले पठाएको जानकारी अनुसार मैदान देखि छुट्ने छोटो दुरी तथा लामो दुरीका सबारी साधन चल्न सकेका छैनन्। जिल्ला सदारमुकाम सन्धिखर्क,पाल्पा मिसन अस्पताल र बुटबलको लागि छुट्ने सबारी साधान एक हप्ता देखि अवरुद्द भएका छन। ढोरपाटन मार्गको  अवरुद्द  बाटो स्थानीय निकायबाट बनाउने प्रयास भएता पनि नियमित संचालनको लागि केहि समय लाग्ने भएको छ।

 

अवरुद्द बाटोमा डोजरको प्रयोगले गर्दा कयौको घर जोखिममा छन् भने पहिरोले लाखौको क्षेती गरेको अनुमान गरिएको छ।

 

यसैगरी लामो समय पछी परेको वर्षासँगै अहिले अर्घाखाँचीभरका किसानहरु खेत रोप्न व्यस्त छन । भने समयमा मल नपाउदा किसानहरु उत्तिकै चिन्तित देखिएका छन। 

 

 

( Madhav Ghimire in Arghakhanchi contributed to this report).

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।