अन्तरराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरे अनुसार कारागारमा रहेका राजनीतिक वन्दीका सन्तान चोरी गरेर अन्य परिवारलाई दिएको अभियोगमा अर्जेन्टिनाको पुर्व जुन्ता सरकारका दुई जना नेताहरुलाई जेल सजाय सुनाईएको छ ।
समाचार अनुसार राजधानी ब्युनस आयर्सको एक अदालतले सैन्य शाशनकालका नेताहरु योर्गे भिडेला र रेनाल्डो बिग्नोनेलाई राजनीतिक वन्दीका छोराछोरी चोरी गरेको आरोपमा सजाँय सुनाएको हो ।
साथै मुख्य दोषी भिडेलालाई ५० वर्ष जेल सजाँय तोकिएको छ भने अर्का दोषी बिग्नोनलाई १५ वर्ष सजाय सुनाईएको छ । सन् १९७६ देखी १९८३ सम्मको सैन्य शाशनकालमा अर्जेन्टिनाका विभिन्न कारागारमा रहेका राजनीतिक वन्दीहरुका झण्डै ४ सय सन्तानलाई गैरकानुनी ढंगले नियन्त्रणमा लिईएको थियो । ति मध्ये हालसम्म एक सयजनाको मात्रै आप्mनो परिवारसँग पुनर्मिलन भएको छ भने बाँकी ३ सयको अवस्था अज्ञात छ ।
साथै बालबालीका चोरीको आरोपमा यी दुई नेताहरु सहित सेना र प्रहरीका ११ जना उच्च अधिकारीहरुमाथि आरोप लागेपनि ९ जनाले सजाँय पाएका छन् । बाँकी दुई जना भने निर्दोष ठहरिएका छन् । सजाँय सुनाईएका भिडेला र बिग्नोन यसअघि पनि विभिन्न मुद्दामा दोषी ठहरीदै कारागारमै वन्दी जिवन बिताईरहेका छन् । आप्mनो शाहनकालमा ३१ सर्वसाधारणको हत्या गरेको आरेपमा भिडेलाले आजिवन कारागारको सजाँय काटिरहेका छन् ।