माओवादी लडाकुद्धारा समायोजन प्रक्रियाको विरोध, शिविर वाहिर निस्केर नाराजुलुस

चितवन । काठमाडौंमा प्रकासित हुने अनेकौ पत्रपत्रीकाहरुका अनुसार चितवनको शक्तिखोर स्थित माओवादी लडाकुको तेश्रो डिभिजनमा समायोजन रोजेका लडाकुहरुले समायोजन प्रक्रियाको विरोध गरेका छन् । विरोध स्वरुप उनीहरुले शिविर वाहिर निस्केर नारा जुलुस समेत गरेका छन् ।

 

सेनामा भर्ती गर्दा सम्माजनक व्यवहार नभएको भन्दै पुर्व लडाकुहरु विरोध स्वरुप शिविर वाहिर निस्केर नाराजुलुस गरेका हुन् । ३ सय भन्दा वढि लडाकुहरु वाहिर निस्केर प्रर्दशन गरेपछि समायोजन प्रक्रिया अवरुद्ध भएको छ ।

 

उनिहरुले शिविरको मुल गेटमा पत्रकार सम्मेलन गरी विभिन्न ७ वुदे माग समेत अगाडी सारेका छन् ।

 

सम्मानजनक रुपमा समायोजन हुनु पर्ने, हालको भर्ति प्रक्रिया खारेज हुनु पर्ने , हालको शिक्षालाई मान्यता दिनु पर्ने ,उमेरको हदवन्धीमा शान्ति सम्झौता हुदा १८ वर्ष पुरा भएका जनमुक्ति सेनालाई योग्य मान्नु पर्ने माग अघि सारेका छन् । त्यस्तै स्वेच्छिक अवकासमा जानेहरुलाई एकमुष्ठ रकम दिनु पर्ने, ६ वर्षदेखि शिविर वसाईका क्रममा आफुहरुमाथि भएको मौलिक हकअधिकारको राज्यले क्षतीपूर्ती दिनु पर्ने र भोली दिउसो १२ वजे सम्म यि मागहरु पुरा हुनु पर्ने पत्रकार सम्मेलनमा वटालियन भाईस कमाण्डर कवि लामाले जानकारी दिनु भयो ।

 

भोली १२ वजेसम्म पनि माग पुरा नभए सडक आन्दोलन समेत गर्ने लामाले वताउनु भयो ।