रुसको दक्षिणी क्षेत्रमा भीषण वर्षा पछि गएको बाढीमा परी १४० जनाको मृत्यु

रुसको दक्षिणी क्रास्नोडर क्षेत्रमा भीषण वर्षा पछि गएको बाढीमा परी १ सय ४० जनाको मृत्यु भएको छ ।

 

बाढीका कारण १३ हजार भन्दा बढी मानिस प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

 

रातको समयमा अचानक आएको बाढीका कारण बन्दरगाहहरुमा पनि क्षति पुगेको छ ।

 

अधिकारीहरुले प्रभावित क्षेत्रमा उद्धार टोली खटाइएको जनाएका छन् ।

बाढी लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले प्रभावित क्षेत्रको भ्रमण गरी उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

 

बाढीले ५७ हजार जनसंख्या रहेको क्रिम्स्क शहरमा बढी प्रभावित भएको बताईएको छ ।