– राजेन्द्र श्रेष्ठ
दोहा कतार
नेपाली जनताको लामो संघर्ष बाट प्रप्त संविधानसभाले हामी सबै नेपालीहरुको लागि राम्रो संविधान ल्याउने छ र देशको आर्थिक विकासमा ठूलो परिवर्तन आउने आशामा हामी लामो समय देखि प्रवासमा बस्दै आएका नेपालीहरुले देशमा फर्केर केही न केही स्वरोजगार भएर बस्ने सोच बनाएको थियो ।
तर देशको राजनितिक अबस्थालाई हेर्दा हामी फेरी निराश बनेका छौ केही साथिहरुले भन्छन हामी त खै देशमा फर्केर के गर्ने संविधानसभा पनि विघटन भएको छ । देश संविधान विहीन बनेको छ । ठूला र नेपाली जनताले आशा गरेको पार्टीहरु टुट फूटको भुमारीमा फसेका छन भने कोहीलाई जातीय र क्षेत्रिय नाराले गाजेर चल्न चटपटाउन नसक्ने अवस्थामा पुर्यएको छ । यस्तो अबस्थामा हामी स्वदेशमा फर्केर के गर्ने जागिर खाउ भने कसैले दिदैन आफ्नै काम गरौ भने बन्द हडताल तोडफोडलुट को समस्या जीउको तिउ छ ।
अरुत अरु आफ्नै साथिहरुको विचमा पनि टाउको फोराफोर को राजनितिक चलीरहेको छ । कोही संविधानसभाको चुनाव गर्नु पर्छ भन्छन भने कोही पुनस्र्थापनाको कुरा गरी रहेको छ कोही सहमतिको सरकारका कुरा गर्छन भने सरकारमा हुनेहरु यही सरकारलाई समर्थन गर भनिरहेको छ । कृषि प्रधान देशमा मलको हाहाकार छ एक बोरा मलको लागि असार पन्ध्रको काम छोडेर काठमान्डौमा आन्दोलन गर्न किसानहरु जम्मा हुन परेको छ । दैनिक उपभोग्य हेरक सामानको भाउ बढेर आकाशिएको छ ।
दिन भरी कमाएको पैसाले बेलुकीको छाक टार्न पनि मुस्कील छ । कतै पानी नपरेर लगाएको बाली नस्ट भएको छ भने कतै अशिना कतै हुरी कतै पानी धेरै भएर किसानको समस्या दिनदिनै बढिरहेको छ । सरकार र राजनितिक पार्टीहरुलाई अहिले आ-आफ्नो पार्टीका कार्यकर्तालाई कसरी थामथुम पार्ने र सरकारमा जाने भन्ने सोच भन्दा अरु जनताका दैनिक समस्यामा समाधानको बाटो अपनाउने कसैको पनि चासो देखिदैन ।
अहिलेको अबस्थामा हामीले नेपाललाई कृषि प्रधान देश भन्नु भन्दा रेमिटेन्स प्रधान देश वा मज्दुर सप्लाई प्रधान देश भन्दा उपयुक्त हुन्छ । किनकी नेपाली जनताको प्रतेक घर जस्तो प्रवासको रेमिटेन्सबाट चलेको छ । हामीले कमाएको पैसालाई सदुपयोग गरेर सरकारले कुनै रोजगारको व्यवस्था गर्ने काम हाल सम्मका सरकारहरुले गरेको देखिदैन हामी र हाम्रो जीवन त प्रवासमा वित्छ वित्छ तर हाम्रा सन्ततिहरुको जिवन पनि हाम्रो भन्दा सुखन देख्न सकिएला जस्तो छैन । किनकी हामीले हाम्रो देशमा रोजगारीको सिर्जना गर्न सकेनौ भने हाम्रो सन्ततिहरुको पनि हालत उही हो र हामीले यही पारामा देशको राजनितिक अवस्था रही रहेमा रोजगारीको सिर्जना गर्न सक्ने अवस्था देखिदैन ।
हामी प्रवासमा कमाएर बचाएको रकमहरु अत्यन्त न्यून हुन्छ त्यसलाई जिम्मेवार सरकारले एकिकृत गर्न सकेमात्र त्यो ठूलो पूजिमा परिणत हुन्छ र त्यसले मात्र रोजगारको सृजना र देश विकास गर्न सक्ने छ नत्र तपाई हामीले बचाएको एक दुईलाख पैसात एक दुई बर्ष जति नेपालमा गएर बस्ने वितिकै सकिन्छ र फेरी विदेशको बाटो नै रोज्न बाध्य भएका थुप्रै उदाहारणहरु हाम्रा सामु भेटिन्छन् ।