यूएईमा बाग्लुङेली सगं सगै मनाए अर्घाखाँचीवासीले असारे पन्ध्र

– उमाकान्त पाण्डे गाउंले


यूएई डेस्क – असारे महिनामा पानी है पर्‍यो रुझाउने – एक्लो यो मेरो मन कसरी बुझाउने , शायद प्रशान्त तामाङले यो गीत यत्तिकै गाएनन । त्यसैले त उनी इन्डियन आइडीएल बन्न सफल भए ।

 



 


प्रदेशिएका लाखौं युवा युवती हरुले यसै गीतको भाका अनुरुप असारे पन्ध्र मनाए ।यसै क्रममा अर्घाखाँची बाट यूएईमा गई बिभिन्न पेशामा आबद्द अर्घेली युवाहरुले त्यहा रहेको बाग्लुङ सेवा समाजले आयोजना गरेको कार्यक्रममा सरीक भएर सबै नेपाली माझ मिलेर असारए पन्ध्र धुमधामका साथ मनाए ।


गत शुक्रबार अबुधावीको न्यू सिटी प्यालेस रेष्टुरेण्टमा युएईमा रहेका प्रवासी नेपालीहरुले आफ्नो रितीरिवाज र परम्परागत ढंगले सेलरोटी र अचारको स्वादसंगै विविध सांस्कृतिक माहौलमा १५ असार मनाएका हुन । कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि मात्र होइन यूएईका लागि नेपाली राजदुत धननजय झा समेत उपस्थित थिए । कार्यक्रम बागलुङ सेवा समाज युएईको अबुधावी क्षेत्रीय समितिद्धारा आयोजना गरिएको कार्यक्रममा दर्जनौ कलाकारले आ-आफ्नो प्रस्तुती देखाएका थिए ।

 




सयुत्त अरब एमिरेट्समा रहेका अर्घाखाँचीका युवाहरुको छाता सस्था अर्घाखाँची सम्पर्क समितीका पदाधिकारी तथा अधिकाम्श सदस्य सो कार्यक्रममा सरिक भएका थिए ।


कार्यक्रममा सहभागी हुन नेपालका अलग अलग ठाउँमा स्थाई घर भई हाल:यूएईको अलग अलग राज्यमा आ-आफ्ना पेशा र रोजिरोटी गर्दै आएका नेपाली हरु एकै ठाउँ जुटेका थिए ।



कार्यक्रममा सहभागीहुन कार्यक्रम स्थल भन्दा करीब २ सय किलोमिटर टाढा बाट समेत अर्घाखाँची संपर्क समितीका अध्यक्ष राजु खड्का तथा महासचिव चिरन केसी उपस्थित भएका थिए । उता कार्यक्रम स्थल देखी नजिकै आबुधाबीकै अन्य भित्र शहरमा रहेका अर्घेली युवाहरु अत्यधिक आएको अर्घाखाँची संपर्क समितीका बिशेष सल्लाहकार चन्द्र सारुमगर ले बताए । उनले कार्यक्रममा प्रस्तुत गरेको असारे पन्ध्रलाई सझेर लेखेको कविता मार्फत सबैको मन एक पटक नेपालका खेतका आलीमा हिलो सग खेलेको दिन सम्झायो । कार्यक्रममा उपस्थित भएका अर्घाखाँची संपर्क समितीका सदस्य बाबुराम पौडेलका अनुसार यस्तो खालको कार्यक्रम त्यो पनि मरुभुमीको यो खाडीमा निकै महत्वपूर्ण हुने गरेको बताए । हप्ता भरी मात्र होइन एक साल दुई सालमा पाउने बिदामा नेपालका सबै अवसर हरु चुम्न नपाउने प्रवासमा रहदा यहाँस्थित संघसस्थाले यस्ता खालका कार्यक्रमको आयोजना गराएर जुटाएमा राम्रो हुने सकेंत उनको थियो ।

 




तथा समाजमा बिभिन्न योगदान दिने ब्यात्तिलाई समाजले सम्मान समेत गरेको थियो । बिभिन्न क्षेत्रमा योग्दान दिएको भन्दै यसरी सम्मान पाउने हरुमा वरिस्ठ सल्लाहकार मानबहादुर थापा, चित्रबहादुर केसी, गोपाल कंडेल,पिताम्बर पाण्डे, चुमान कांउछा, प्रकाश सपूत, चिरन केसी र गुप्तशेखर पौडेललाई सम्मान�पत्र र खादा ओढाएर सम्मानित गरिएको थियो ।

हामी प्रवासमा छौ त्यसैले पनि सबै मिलेर अघी बड्नुको विकल्प छैन सबै मिलेको सन्देश दिनु पनि हाम्रो दायित्व हो , कार्यक्रममा उपस्थित अर्घाखाँचीका युवा रत्तिम कलाकार सुर्य केसीले भने ।



सो अवसरमा आफ्नो मन्तव्य राख्नेहरुमा प्रमुख अतिथी राजदुत धनन्जय झा, मानबहादुर थापा,चित्र बहादुर केसी,राजु केसी,राजु खड्का,विमल तामाङ,रीना बिष्ट,चन्द्रबिक्रम सारु मगर, गोपाल कंडेल र भिम केसी रहेका थिए।