एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल सम्पर्क विहीन भएका छन् । उनी गत २० गतेदेखि घरमा आएका छैनन् । उनले बोक्ने गरेको मोबाइल स्वीच अफ छ । दैनिक रुपमा नै फेसबुक चलाउने उनको आधिकारिक फेसबुक अकाउन्ट पनि डिएक्टिभ गरिएको छ । प्रकाश गएको वुधवारदेखि परिवारको सम्पर्कमा नआएको स्रोतले जनाएको छ ।
फेसबुक, ट्वीटर जस्ता समाजिक संजालमा उनी विद्यार्थी नेतृ विना मगरसंगै विवाह गरेर वेपत्ता भएको हल्ला चल्न थालेको छ । विना पनि सम्पर्कमा छैनन् । बिना पनि विवाहित हुन् । प्रकाश र विनाले २ महिनाअघि एउटै दलबाट सगरमाथा आरोहण गरेका थिए ।
पटक पटक विभिन्न कारणले चर्चामा आउने प्रकाश अहिले भने विद्यार्थी नेतृलाई भगाएको हल्लाले चर्चामा आएका छन् । एक छोराका बाबु प्रकाशले यसअघि नै दुईवटा विहे गरिसकेका छन् । प्रकाशले पहिले माओवादी सचिव पोष्टबहादुर बोगटी दिवाकरकी छोरी प्रभासंग विहे गरेका थिए । प्रभासंग जनवादी हिसाबले भएको विवाह आपसी समझदारीमा सम्बन्ध विच्छेदमा पुगेको थियो । त्यसपछि झण्डै चार वर्षअघि उनले काश्की पोखराकी श्रृजना त्रिपाठीसंग मागी विवाह गरेका थिए । श्रृजनाबाट एक छोरा छन् । उनी अहिले लाजिम्पाट निवासमा छिन् ।
कहिले रक्सीको नशाले मात्तिएर, कहिले फेसबुक स्टाटसमा अभद्र व्यवहार प्रदर्शन गरेर त कहिले सगरमाथा चढेर चर्चामा आउने प्रकाश यस पटक भने विनासंग भागेको चर्चामा छन । यसबारेमा प्रचण्ड परिवारले केही पुष्टि भने गरेको छैन । उनी साँच्चि कै विनासंग भागेका हुन या अरु नै कारणले परिवारको सम्पर्कबाट टाढा बसेका हुन् त्यो भने भविष्यले देखाउने छ ।