ईजिप्टको उच्च अदालतले राष्ट्रपति मोहमद मु्र्सीको संसद पुनर्स्थापनाको आदेशलाई रोकिदिएको छ। सो सबैधानिक नभएको उल्लेख गरेको छ।
राष्ट्रपतिमा निर्वाचित भएको केही समयपछि नै मुर्सीले एक महिना अघि विघटन भएको संसद पुर्नस्थापनाको आदेश दिएका थिए।
संसदमा राष्ट्रपतिको पार्टी मुस्लिम ब्रदरहुडका अधिंकाशं सदस्य छन् । राष्ट्रपति मुर्सीले अर्को निर्वाचन नभएसम्मका लागि पुर्नस्थापित संसदले काम गर्ने उल्लेख गरेका थिए।
एक महिना अगाडि सर्वोच्च सैनिक परिषदले संसद विघटन गरेको थियो । संसद पुर्नस्थापना गर्ने मुर्सीको आदेश लगत्तै सैनिक परिषदको बैठक बसे पनि कुनै निर्णय गरेन । होस्नी मुबारकको पतनपछि सैनिक परिषद शक्तिमा आएको थियो ।