बाऊ बनिसकेको छोराले अर्काकी श्रीमती च्यापेर वेपत्ता भएपछि माओवादी अध्यक्ष प्रचण्डले पुत्र प्रकाशबारे पार्टी नेताहरुलाई अफिसियल जानकारी दिंदै दुःख मनाऊ गरेका छन् । अखिल क्रान्तिकारीकी नेतृ बिना मगरलाई लिएर प्रकाश पाँच दिनदेखि वेपत्ता भएको खबर बिहानैदेखि फैलिएपछि दिउँसो बसेको पोलिटब्युरो वैठकमा प्रचण्डले घटनाबार…े बेलिविस्तार लगाएका थिए । छोराले केटी लिएर भागेको स्वीकार्दै उनले प्रकाशलाई कारवाही गर्नुपर्ने प्रस्ताव गरेका थिए । वैठकमा सहभागी एक नेताका अनुसार निकै भावुक ढंगले प्रस्तुत भएका प्रचण्डले प्रकाशको ब्यबहारले सवैभन्दा बढि घाटा आफुलाई भएको बताएका थिए । सगरमाथा आरोहणका क्रममा बिनासँगको लसपसबारे खवर प्रकाशित भएपछि आफु र पत्नी सीताले सोधपुछ गरेपनि रोएर टारेको उनले पोलिटब्युरो सदस्यलाई जानकारी दिएका थिए ।
काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार एमाओवादीको पोलिटव्युरो बैठकले पार्टी अध्यक्ष पुष्पकलम दाहालका पुत्र प्रकाश दाहाललाई नेवा राज्य समिति सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक रुपमा प्रकाशका कामहरूप्रति प्रश्न उठेकाले छानबिनका लागि उनलाई निलम्बन गरिएको पार्टी प्रवक्ता दीनानाथ शर्माले बताए ।
समाचार अनुसार प्रकाश चार दिनदेखि परिवारको सम्पर्कमा छैनन् । प्रकाशसँगै सरस्वती क्याम्पसकी स्ववियु सभापति वीना मगरको नामसमेत जोडिएकाले यथार्थ बुझ्न पार्टीले उनलाई निलम्बन गरेको शर्माको भनाइ थियो । प्रकाश र वीना सगरमाथा आरोहणमा सँगै थिए ।
साथै प्रकाशकी दोस्री पत्नीतर्फ एक छोरा छन् । उनले पहिली पत्नीसँग सम्बन्ध विच्छेद गरेका थिए । स्ववियु सभापति वीना पनि सम्पर्क बाहिर रहेकाले दुवैसँगै हुनसक्ने अनुमान गरिएको छ ।
यसैगरी लुम्विनी