जलचर संरक्षणमा सिद्धाराका गाउँले

– वीरेन्द्र केसी

 

अर्घाखाँची – खोलामा रासायनिक विषादीको प्रयोग गरेर माछा मार्दा जलचर लोप हुदै गएपछि यहाँका स्थानीय गाउँले जलचरको संरक्षण गरेको छन । खोलामा विषादी नियन्त्रण गर्ने निकाय मौन रहेका बेला गाउँले आफैले जलचर संरक्षण जुटेका हुन ।


विषादी प्रयोग गरेर माछा नर्मान टोल टोलमा सचेतना अभियान संचालन गरेर गाउँलेलाई सचेत बनाएपछि जलचर संरक्षण भएका हुन । जिल्लाको सबैभन्दा ठुलो र विकट सिद्धारा गाविसको कुशुम खोला र रसिङ खोलका कुनैपनि स्थानमा करेन्ट लगाएर र विषादी प्रयोग गर्न प्रतिबन्ध लगाईएको छ ।


तीन वर्ष देखी स्थानीय आमा समुहको सकि्रयतामा खोलामा विषादी प्रयोग नगरौ जलचरको संरक्षण गरौ भन्ने मुल नाराका साथ गाउँमा घरदैलो अभियान गरेर सचेतना अभियान साचालन गरेपछि खोलामा विषादी प्रयोग हुन छाडेको अभियानका संयोजक माधव पौडेलले बताए । उनले सबै गाउँलेका घरमा गएर प्रशिक्षण र सुचना प्रवाह गरेका छौ खोलामा विषादी राखेर मारेका माछामा नै विषादी हुदा स्वास्थ्यलाई पनि असर गर्छ पशुले पानी खादा पशु मर्ने मात्रै नभएर खोला जंगलको भागमा भएकाले अरु जंगली जनावर र चराचुरुङ्गी पनि मरेर नष्ट भएको र खोलाको क्षयिकरण हुने भएकाले विषादी प्रयोगमा रोक लगाएको उनले बताए । तीन वर्ष अघि गरिएको घरदैलो अभियानमा गाउँका एक सय भन्दा बढी महिला र गाउँले एक वर्षसम्म चेतनामुलक अभियानमा लागेर टोलका सबैलाई सचेत बनाएका थिए ।


सिद्धाराको बर्रे मुहानबाट शुरु भएको खोला सिद्धाराको ३ ४ ६ र १ वडा हुदै दाङ्गको राप्ती खोलामा मिसिन जान्छ । उक्त खोला मुहान देखी राप्ती नदीसम्म  ६० किलोमिटरसम्म फैलिदै बगेको छ । उक्त दुई खालामा बाह्रै महिना ठुलै पानी बग्छ । खोलामा तीन वर्ष देखी विष्फोटक पदार्थ विषादी र करेण्ट लगाएर माछा मार्न छाडेपछि जलचर र अरु जंगली जनावर र चराचुरुङ्गीको संरक्षण भएका छन । अहिले सबै चारहरु संरक्षण भएका छन ।


खोला नजिकमा समथर वस्ती भएकाले खेतमा बस्ने करिब एक हजार घर परिवार छन । स्थानीय कन्या कुमारी महिला समुह मिलीजुली महिला समुह र टोल विकास झातेपाईला महिलाको सकि्रयतामा संरक्षण अभियान थालिएको हो । खोलामा विषादी प्रयोग गरेर माछा मारेको देखे ६ हजारसम्म जरिवाना गर्ने कन्या कुमारी महिला समुहकी अध्यक्ष सरिता पोखरेलले बताईन ।


खोलामा विषादी प्रयोग गरेको पत्ता लगाउनेलाई एक हजार पुरस्कार लिने पनि उनले बताईन । माछा मार्न जालको माध्यम मात्रै प्रयोग गर्न दिईएको छ  । खोला वरिपरी विभिन्न प्रजातिका चराचुरुङ्गी गिद्द काग र जंगली जनावर संरक्षण भएपछि वनमा बाघ भालु चितुवा राते स्याल घोरल ब्ंदेल माउखाने लोख्रकेढेडुवा बाँदर लगायतका जंगली जनावर वनभरी प्रसस्त पाईन थालेका छन । 

 







Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।