अर्घाखाँचीका गाउँ-गाउँमा ब्रोइलर कुखुराका फर्म

– वीरेन्द्र केसी

 

अर्घाखाँची – गाउँको टोलैपिच्छे ब्रोइलर कुखुराका फर्म खुल्ने क्रम जिल्लामा बढदो छ । ब्रोइलर कुखुरा पालनबाट राम्रो आम्दानी भएपछि क्रखुरा पाल्नेको संख्या हवात्तै बढेको हो ।  जिल्लाको अधिकाश गाउँको टोलैपिच्छे फर्म खोलेर ब्रोईलर क्रखुरा पाल्ने बढिरहेका छन । 


  पछिल्लो पटक कुखुरापालन गर्ने टोलैपिच्छे देखिएका छन । ब्रोइलर कुखुरापालन बढदै गएपछि स्थानीय गाउँघरमा पालिदै आएका लोकल कुखुरापालन घटदै गएको छ । ब्रोइलर ४५ दिनमै तीन चार किलोसम्म तयार हुने तर घरायसी लोकल कुखुरा ब्रोइलर बराबरको तैाल बराबर पुग्न तीन चार महिनामा लाग्ने भएकाले गाउँका टोलैपिच्छे फर्म खोलेर ब्रोइलर कुकखुरापालनको सख्यामा वृद्धि भएको हो ।


अर्घाखाँची जिल्लाको शहर क्षेत्रका आपसासका गाउँमा टोलैपिच्छे फर्म खोलिएका छन भने विकट र दुर्गम गाउँमा पनि कुखुरा पाल्ने किसानको सख्या बाक्लिदै गएको छ । तीन वर्षयता जिल्लामा ब्रोइलर कुखुरा बढी उत्पादन भएपछि जिल्ला बाहिर समेत निकासी हुन थालेको छ । गाउँमा खोलिएका कुखुराका फर्ममा कम्तिमा पनि ५० देखी पाँचसय सम्म पालेका छन । सदरमुकाम देखी गाउँमा समेत ब्रोइलर कुखुराको माग बढदै गएपछि कुखुरापालन किसान उत्साहित भएका छन । धेरै उत्पादन भएपनि मुल्य भने बढदै गएको छ । हाल जिउदो कुखुरा एक सय ४० रुपैयाँ भन्दा बढी मुल्यमा फर्मबाटै बिक्री भएको छ भने व्यापारीले काटेको मासु किलोको २ सय ४० रुपैयाँमा बिक्री गर्दै आएका छन । अधिकाश किसानले वार्षिक ७० देखी ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन । विदेशबाट फर्केर सदरमुकाममा कुखुरापालन व्यावसाय गर्दै आएका लक्ष्मण महतले पनि मासिक १० देखी २५ हजारसम्म सरदरमा कमाई गर्दै आएका छन । उनले सिजन अनुसार एक सय देखी ५ सयसम्म कुखुरापाल्ने गरेका छन ।

 

अधिकाश गाउँमा एउटा फर्म त अनिवार्य छ उनले भने अहि ठुलो र मोटरबाटोले छोएको गाउँमा तीन चार वटा फर्म खुलिरहेका छन । कुखुरा व्यावसायी संघका अध्यक्ष शम्भु केसीका अनुसार जिल्लामा सात सय भन्दा बढी फर्महरुबाट महिनामा ४५ हजार भन्दा बढी कुखुरा उत्पादन भैरहेका छन । सदरमुकाममा मात्रै तयारी भएको मासु बिक्रेताको सख्या समेत २५ पुगेको छ । दुई वर्ष देखी सदरमुकाम र गाउँमा ब्रोइलर कुखुराका फर्म छयापछयाप्ती खुल्न थालेपछि जिल्लामा बाहिरबाट जिउँदो ब्रोइलर कुखुरा ल्याउन छाडिएको छ । छिमेकी जिल्लामा गुल्मी पाल्पा र प्यूठानको केही बजार र गाउँमा समेत अर्घाखाँचीमा उत्पादन भएको ब्रोइलर कुखुरा निर्यात भईरहेको छ ।

 

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।