अर्घाखाँचीका ५० सरकारी विद्यालयमा अग्रेजी भाषामा पढाई

– वीरेन्द्र केसी

 

अर्घाखाँची – सरकारी विद्यालयमा पनि बोडिङ सरह पढाई हुन थालेपछि विद्यार्थीहरुको घुँईचो लागेको छ  । यसै शैक्षिक सत्रदेखि जिल्लाका ५० विद्यालयमा अग्रेजी भाषामा पढाई शुरु गरिएको छ ।  

 
अग्रेजी भाषामा पढाई शुरु भएपछि अभिभावकले बोडिडबाट छुटाएर सरकारी विद्यालयमा भर्ना गर्न लागेका छन । विद्यार्थीहरु बोडिङ छाडेर धमाधम सरकारी विद्यालयमा भर्ना भएका छन । सरकारी विद्यालयको पढाई खस्कदै गएको बेला पढाईलाई गुणस्तर बनाउन यस्तो अभियान थालिएको हो ।

 

जिल्ला शिक्षा कार्यालयले अग्रेजी भाषामा पढाउन निर्देशन दिएपछि ५० विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा १ बाट अग्रेजी भाषामा पढाई सुचारु गरेका छन । यस वर्ष जिल्लाको वाङला गाविसको १० नरपानीका ५ सन्धिखर्क ३ गरि २२ गाविसका ५० विद्यालयमा लागु गरियो अर्को वर्ष सबै विद्यालयमा अनिवार्य अग्रेजी भाषामा पढाई लागु गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए । बोडिक सरह पढाई सरकारी विद्यालयमा हुन थालेपछि गाउँले खुसी भएका छन ।


अभिभावकले १ कक्षा देखि अग्रेजी भाषामा पढाई शुचारु गर्नुपर्ने दवाव दिएकाले अभिभावकको मागलाई ध्यानमा राखि यस्तो अभियान सन्चालन गरिएको उनले बताए । सदरमुकामको युवा वर्ष जनता रविचित्र माविले पाँच वर्ष देखि अग्रेजी भाषामा पदाउँदा जिल्लाकै उत्कृष्ट विद्यालय छनोट भएको र शिक्षाको स्तर गुणस्तर भएकाले यसको सिको गरिएको हो । अग्रेजी भाषाका कक्षा साचालन भएपछि वाङलाको मथुरा निमाविमा ७० विद्यार्थी नीजि बोडङ छाडेर आएका छन । प्रअ नेत्र बहादुर अधिकारीका अनुसार कक्षा १ देखि ५ सम्म अग्रेजीमा कक्षा सन्चालन गरिएको छ ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।