मेक्सिकोमा प्रहरी र हतियारधारीविच गोली हानाहान हुँदा ११ जना मारीए

मेक्सिकोको उत्तर पश्चिमी शहर सिनालोवामा प्रहरी र हतियारधारीविच गोली हानाहान हुँदा ११ जना मारीएका छन् । लागु औषध तस्करहरुको अखडा मानिने चोक्स शहरमा गस्ती गरेर फर्किरहेका प्रहरीलाई संदिग्ध तस्करहरुले एम्बुसमा पारेका थिए ।


त्यसपछि सुरु भएको गोली हानाहानमा ७ प्रहरीसहित ११ जना मारीएका हुन् । मारीने अन्य चार जना हतियारधारी उक्त क्षेत्रमा पकड जमाएको तस्कर समुह सिनालोवाकै सदस्य भएको अनुमान प्रहरीको छ । सोही शहरमा अघिल्लो महिनामात्रै प्रहरी प्रमुखको हत्या गरिएको थियो । सिनालोवा समुहलाई मेक्सिकोमा बलीयो पकड भएको तस्कर समुह मानिन्छ ।