कंगोका पूर्व विद्रोही सेनाप्रमुख थोमस लुबांगालाई बाल सैन्य भर्ना र प्रयोग गरेको अभियोगमा १४ वर्षको जेल सजाय

डेमोक्रेटिक रिपब्लिक अफ कंगोका पूर्व विद्रोही सेनाप्रमुख थोमस लुबांगालाई आफ्नो संगठनमा बाल सैन्य भर्ना र प्रयोग गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

 

लुबांगालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत मार्च महिनामा दोषी ठहर गरेको थियो । अदालतले लुबांगा विरुद्ध सजाय सुनाए पनि उनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

 

कंगोमा अहिले जारी द्धन्द्धसंग पनि लुबांगा विरुद्धको सजाय जोडिएको बताइएको छ ।

 

कंगोको उत्तरपूर्वी इटुरीमा सन् २००२ देखि २००३ मा भड्किएको जातीय द्धन्द्धमा करिब ६० हजार मानिस मारिएको अनुमान छ ।