सिरीयाका लागि संयुक्त राष्ट्रसंघ तथा अरब लिगका विशेष दुत कोफी अन्नानले जारी हिंसा अन्त्यको उपायबारे सिरीयाका छिमेकी राष्ट्रहरुसँग छलफल गर्नुभएको छ । सिरीयाली राजधानी दमास्कसमा राष्ट्रपति बशार अल असादसँग छलफल गरेको भोलिपल्टै अन्नानले उसका छिमेकी राष्ट्रहरु ईरान र ईराकको भ्रमण गर्नुभयो । ईरान भ्रमणको क्रममा अन्नानले त्यहाँका विदेशमन्त्री अली अक्बर सालेहीसँग सिरीयाम जारी हिंसा अन्त्यको लागि सकारात्मक पहल गर्न आग्रह गर्नुभयो । दमास्कसको राजनीतिक संकट समाधानमा ईरानको भुमीका महत्वपुर्ण हुनसक्ने अन्नानको विष्लेषण थियो ।
ईरान भ्रमण समाएलगत्तै अन्नान ईराकी अधिकारीहरुसँग छलफल गर्न बग्दाद पुग्नुभयो । ईराकी प्रधामन्त्री नुरी मलिकिसँग छलफल गर्नुभएका अन्नानले हिंसा अन्त्यको लागि संभव भएसम्मका सबै पहल गर्न ईराक तयार रहेको जानकारी दिनुभयो ।सिरीयामा जारी हिसा अन्त्यको कुटनीतिक पहलमा लाग्नुभएका अन्नानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई विकशीत पछिल्ला घटनाक्रमबारे जानकारी गराउनुहुनेछ ।
यता सिरीया मामिलामा नरम देखीएको रुसले सिरीयाली शहर टार्टसमा रहेको आप्mनो संैन्य बेसमा युद्धपोतहरु पठाएको छ । सिरीयाको संकट समाधानमा अन्तराष्ट्रिय पहल भईरहँदा रुसले सातवटा युद्धपोत सिरीयाको समुदी तटमा खटाएको हो ।रुसको पछिल्लो कदमले सिरीया लगायतको मध्यपुर्वी क्षेत्रमा उसको सामरीक चासोलाई अझ प्रष्ट्याएको जानकारहरु बताँउछन् ।