क्रान्तिकारी टेड युनियन महासंघले मजदुरविरोधी विरुद्ध प्रतिरोध संघर्ष गर्ने

काठमाडौं २७ असार ।  अखिल नेपाल क्रान्तिकारी टेड यूनियन महासंघले मजदुरविरोधीका विरुद्ध प्रतिरोधात्मक संघर्ष गर्ने घोषणा गरेको छ । कुपण्डोलस्थित नेकपा-माओवादीको नेवा राज्य कार्यालयमा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी महासंघले मजदुर विरोधी गतिविधि ठेकेदारी ज्यालादारी र करारप्रथाको अन्त्यका लागि आवश्यक परे प्रतिरोध संघर्ष गर्ने घोषणा गरेको हो ।


महासंघका संयोजक रामदीप आचार्यले महासंघले मागपत्र तयार गरी प्रतिरोधात्मका साथै हायर एण्ड फायरु नो वर्क नो पेुको नीतिको खारेजी राज्यका सबै निकायहरुमा मजदुर वर्गको समानुपातिक प्रतिनिधित्व अधिकार सम्पन्न मजदुर आयोग गठन एकल यूनियन अवधारणको खारेजीलगायतका विषयलाई सम्बोधन गर्न सम्बन्धीत पक्ष एवं राज्यलाई दवाव दिन संघर्ष गर्ने घोषणा गरे । साथै मजदुरलाई रासनकार्ड ग्याँसकार्डको व्यवस्था गर्नुपर्ने मजदुरलाई स्वास्थ्य आवास र मजदुरका छोराछोरीहरुलाई अनुदानको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु पनि सो विज्ञप्तिमा समावेश छन् ।

 

त्यस्तै महासंघले चार वर्ष सम्म हड्ताल गर्न नपाउने मजदुरमारा संझौताको खारेजीको माग राखी थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएको छ । नेकपा-माओवादीलाई आपुनो बैचारिक राजनीतिक नेतृत्वदायी माउ पार्टी घोषणा गरेको महासंघलॆ वर्तमान श्रम ऐन खारेज गरी अन्तरिम श्रम ऐनको व्यवस्था गर्नुपर्ने माग पनि राखेको छ ।

 

महासंघको मंगलबार बसेको सचिवालय बैठकले राष्ट्रियता सम्बन्धी वर्तमान कठपुतली सरकारले गरेको राष्ट्रघाती विप्पा सम्झौता अन्तर्राष्ट्रिय विमानस्थल भारतिय कम्पनिलाई व्यवस्थापन गर्न दिने निर्णय जलश्रोत क्षेत्रमा भएका राष्ट्रघाती सम्झौताहरु लगायतको भण्डाफोर गर्ने निर्णय पनि गरेको छ । संयोजक आचार्यद्धारा जारी विज्ञप्तिमा दलाल तथा नोकरशाही पूँजीपतिलाई होइन राष्ट्रिय पूँजीपतिलाई संरक्षण र प्रोत्साहन गर्ने नीति बनाउन राज्यलाई दवाव श्रृजना गर्ने घोषण पनि गरिएको छ । ुनेपालमा साचालित उद्योग प्रतिष्ठानहरुमा विनाकारण नेपाली मजदुरहरुलाई हटाएर भारतीय मजदुरहरुलाई भिायाउने षड्यन्त्रमुलक कार्य विरुद्ध संघर्ष गरिनेछु विज्ञप्तिमा भनिएको छ ।

 
सचिवालय बैठकले महासंघको पाँचौ राष्ट्रिय भेला प्रति उत्तरदायी हुने गरी विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपले पारित पनि गरेको छ । संशोधित विधानको प्रस्तावनामा संशोधन गरी महासंघ निर्देशित हुने विचार माक्स्रवाद-लेनिनवाद-माओवाद रहने निर्णय गर्दै महासंघले आपुनो पुरानो नाम अखिल नेपाल टेड यूनियन महासंघ संशोधन गरी अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासंघ राखेको छ ।


महासंघले सचिवालय सदस्यहरुको कार्य विभाजन गर्दै १३ वटा राज्य समिति संयोजक पनि निर्धारण गरेको छ । जसमा सेति-महाकाली – धर्मनन्द जोशी भेरी कर्णाली – दधिराम ढकाल थारुवान – तेज बहादुर खड्का मगँरात – नारायण प्रसाद भट्टराई तमुवान – अर्जुन छन्त्याल अवध – शम्भु राई भोजपुरा – गंगा बस्नेत मिथिला – नन्दु झा नेवाः – ईश्वर तिमिल्सेना किराँत – पदम दाहाल र लिम्वुवान – गिताराम परियार रहेका छन् । कोचिलाको हकमा भने पछि कार्यालयले निर्णय लिने बताइएको छ ।


त्यस्तै रामदिप आचार्य गोविन्द पौडेल सोनालाल साह योगेन्द्र कुमाल र हेम कार्की भएको कार्यालय टिम हुनेछ । आवश्यकता अनुसार यसलाई बिस्तार गर्न सकिने बताइएको छ । तत्कालको लागि भन्दै ४ वटा विभाग पनि गठन गरिएको छ । स्कुलिङ प्रकाशन तथा प्रचार विभागमा  रामदिप आचार्य संयोजक महिला विभागमा तारा शर्मा संयोजक अन्तराष्ट्रिय विभागमा प्रेम दर्नाल संयोजक र आर्थिक विभागमा योगेन्द्र कुमाल संयोजक तथा सदस्यहरु सशक्तरण गोले ईश्वर तिमि_िल्सना गंगा बस्नेत रहेका छन् ।


महासंघले अभियानात्मक रुपमा सदस्यता वितरण र संगठन निमार्ण पुनगर्ठन दर्ता प्रकि्रया साचालन गर्ने भएको छ । साथै महासंघको कानुनी सल्लाहकारमा अधिवक्ता कपिल पोख्रेललाई राखिएको छ । नव संशोधनवादीहरुको भ्रममा परेका र अन्यत्र रहेका क्रान्तिकारीहरुलाई धुविकरणको लागि पहल गर्ने निर्णय गर्दै महासंघले प्रशिक्षण प्रकाशन-प्रचार अन्तर्गत केन्द्रले लालमजदुरु प्रकाशित गर्ने र  अर्को एक अग्रेजी प्रकाशन समेत गरिने बताइएको छ । साथै सबै पेशागत संघहरु केन्द्रले प्रकाशन गर्ने महासंघको नाममा वेवसाइड संचालन गर्ने तथा पाठ्यक्रम निमार्ण गरी व्यवस्थित स्कुलिङ साचालन गर्ने निर्णय पनि महासंघले गरेको छ ।


त्यस्तै आर्थिक अन्तर्गत लेवि निर्धारण गर्ने आर्थिक विभागले प्रतिवेदन तयार गरी राज्य र पेशागत संघहरुलाई कोटा निर्धारण गर्ने आर्थिक श्रोत्रहरुलाई पारदर्शी र संगठनको मातहतमा साचालन गर्ने घोषणा पनि गरेको छ । साथै अन्तराष्ट्रिय कामलाई व्यवस्थित गर्न भातृत्वपूर्ण सम्बन्ध मैत्रिपूर्ण सम्बन्ध र कुटनैतिक सम्बन्ध कायम गर्न अन्तराष्ट्रिय विभागले व्यवस्थित पहल गर्ने महासंघले बताएको छ ।