अर्घाखाँचीमा युबा तथा किसोर किसोरीहरुका बिच अन्तरकि्रया

– प्रेमनारायण आचार्य 


  अर्घाखाँची २७असार ।  प्रजनन स्वास्थ्यमा सबैको पहुँच भन्ने नाराका साथ विश्व जनसङ्ख्या दिवसको अबसरमा आज  अर्घाखाँचीमा युबा तथा किसोर किसोरीहरुका बिच अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ ।


  प्रजनन स्वास्थ्यमा मातृमृत्युदर सबैभन्दा ठूलो चुनौतीका रुपमा विश्वभर देखिएको छ । विश्वमाप्रत्येक दिन ८०० महिलाको मृत्यु बच्चा जन्माउने क्रममा हुने गरेको राष्ट्रसङ्घको हालैको तथ्याङ्कमा उल्लेख छ । दैनिक विश्वमा एक करोड ८० लाख युवती प्रजननकालागि सहभागी हुने भए पनि उनीहरुमा प्रजननबारे वास्तविक ज्ञानको अभाव देखिएको छ ।


    विश्वमा २२ लाखमहिला बाध्यताले गर्भवती हुने गरेको समेत तथ्याङ्कमा देखिएको छ । खास गरेरगरिब तथा विकासशील राष्ट्रहरुमा प्रजननबारे चेतनाको कमी पाइएको छ । अहिले विश्वको जनसङ्ख्या सात अर्बको हाराहारीमा रहेको अनुमान छ । 


  जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यलय र जिल्ला युबा संजालको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 


   कार्यक्रममा संयुक्तराष्ट जनसंख्या कोष – गलाउब  का अर्घाखाँची संयोजक पुर्ण बिकर  जिल्ला स्वास्थ्य कार्यलयका उत्तम कोइरालाले कार्यपत्रप्रसतुत गर्नु भएको थियो ।

 

 
  कार्यक्रममा सहायकप्रमुख जिल्ला अधिकारी भेसराज खनाल जिबिसका योजना तथा प्रशासकिय अधिकृत धु्र्र्रब गिरी रेडक्रस सोसाइटि अर्घाखाँचीका अध्यक्ष शम्भु पोख्रेल लगायतले मन्तब्य राखेका थिए ।


   कार्यक्रम जिल्ला स्वास्थ्य कार्यलयका यमबहादुर बस्नेतको स्वागत मन्तब्य र जिबिसका नेत्र खनालको संचालनमा समपन्न भएको हो ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।