त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विषयमा विस्तृत परियोजना विवरण पेश गर्न सरकारको नाममा सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

 न्यायाधिसहरु दामोदार प्रसाद शर्मा, सुशिला कार्की र वैद्यनाथ उपाध्यायको विशेष इजलासले साउन ११ गतेभित्रमा विमानस्थलको व्यवस्थापन दिने बारेमा भएको विस्तृत प्रतिवदेनहरुसहित उपस्थित हुन आज आदेश दिएको हो ।