जेनेभा । आर्थिक मन्दीका कारण समस्यामा परेको यूरोजोनमा थप रोजगारीहरु गुम्नसक्ने अवस्था आएको जानकारी अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आईएलओ) ले दिएको छ ।
मितव्ययी कदमहरूबाट लामो परिवर्तन नभएसम्म यूरोजोनले आगमी चार वर्षमा ४५ लाख थप रोजगार गुमाउनसक्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले चेतावनी दिएको छ ।
यो वृद्धिसँगै बेरोजगारहरूको सङ्ख्या यूरोजोनमा दुई करोड २० लाख पुग्नेछ । आईएलओले मितव्ययी कदमहरूबाट रोजगार सिर्जनाको दिशामा एक ठोस नीतिको परिवर्तन आवश्यक भएको बताएको छ ।
आइएलओले यूरोजोन मात्र समस्यामा पर्ने नभइ यो अवस्थाले समग्र विश्व अर्थतन्त्रलाई नै सङ्क्रमणको जोखिममा पारेको आईएलओले बताएको छ ।
आईएलओको प्रतिवेदनमा हाल दबाबमा परेका र अहिलेको अवस्थामा पनि केही आर्थिक सुधार गरेका समेत गरी यूरोजोनका सबै १७ मुलुक प्रभावित हुने उल्लेख छ ।
आईएलओका महानिर्देशक जुआन सोमाभियाले लक्षित कदमहरूलाई सही अर्थतन्त्र लगानीको मार्गमा नलगाउँदासम्म आर्थिक सङ्कटको समाधान नआउने र रोजगारीमा पनि सुधार नआउने धारणा राख्नुभयो । सिन्ह्वा