आज भानु जयन्ती, यसै बर्षदेखि २०७१ साल सम्म विभिन्न कार्यक्रम गरी मनाइने

आज भानु जयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १ सय ९९ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाईदै छ ।

 

नेपाली भाषीहरुको बसोबास रहेको केही मुलुकमा पनि भानु जयन्ती मनाईदै गरेको समाचार छ । तनहुँको चुदी रम्घामा विक्रम संम्बत १८७१ असार २९ गते अर्थात आजकै दिन भानुभक्त आचार्यको जन्म भएको थियो । आचार्यका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, जस्ता कृति धेरैले मन पराएका छन् ।

 

आदिकवि आचार्यले संस्कृतभाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् ।

 

घाँसीको कुवा खन्ने अनुकरणीय कार्य देखेर सामाजिक कार्यमा लाग्नुभएका भानुभक्तले नेपाली भाषा र साहित्यको जग हाल्ने काम गरेको भाषाविदहरु बताउँछन् ।

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रानीपाखरीस्थित दरबार हाईस्कुको प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आर्चायको प्रतिमामा माल्यापर्ण गर्र्नु भयो । यसैबीच, भानु प्रतिष्ठानले आज राजधानीमा भानुभक्तको सम्झनामा विशेष कार्यक्रम ग